भक्तपुरका स्थानीय तहलाई मनसुनजन्य विपद्‌का लागि तयारीमा रहन निर्देशन

जेष्ठ २३, २०८२ |सुन्दर शिल्पकार
भक्तपुरका स्थानीय तहलाई मनसुनजन्य विपद्‌का लागि तयारीमा रहन निर्देशन

भक्तपुर । मनसुन जन्य विपद्को सामना गर्न जिल्ला विपद् व्यवस्थापन समितिले भक्तपुरका चार वटै स्थानीय तहलाई राहत उद्धार तथा पुर्व सुचनाको विषयमा तयारीमा रहन निर्देशन दिएको छ । 

मनसुनजन्य विपद्को वार्निगका लागि चार वटै पालिकामा माइकिंग गर्न ,सुरक्षको प्रवन्ध वडा कार्यालयले मिलाउने ,सुचना प्रणाली प्रभावकारी वनाउने र सामाजिक संजाल लाई प्रभावकारी रूपमा प्रयो गर्न प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । 

मनसुन जन्य विपद्को तयारीमा भक्तपुरका चार वटै स्थानीय तहहरू सक्रिय रूपमा लागेको जनाएको छ । गत वर्षको असोजमा आएको बाढी र पहिराका कारण सुर्यविनायक नगरपालिकामा मात्र चार जनाको पहिरोले पुरिएर ज्यान गएको थियो भने धेरै स्थानमा पहिरो खसेर सडक सञ्जालनै अवरूद्ध भएको थियो । यस्तै भक्तपुरको मध्यपुर थिमि को राधेराधे क्षेत्र, सागवारी क्षेत्र डुवानमा परेको थियो ।

चार वटै स्थानीय तहहरूले आफनो तयारीको विषयमा जनकारी गराएको थियो । भक्तपुर नगरपालिमा बाढी र डुवानको समस्या वर्षेनी रहेपछि नगरभित्रका हनुमन्ते र खसागंखुसुगं खोला फराकिलो बनाउने र खोलाको दायावाया पर्खाल लगाउने काम अन्तिम चरमा पुगेको नगरपालिकोले जनाएको । 

यस्तै सुर्यविनायक र चाँगुनारायण नगरपालिकामा पहिरोको जोखिम तथा डुवानको जोखिमा रहेकाले राहत तथा उद्धारको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ भने मध्यपुर थिमी नगरपाालि भित्र राधेराधे र सागवारी क्षेत्र बर्सेनी डुवानको समस्या रहेपछि हनुमन्ते खोलामा भएका माटो निकाल्ने र सरसफाइ गर्ने काम सकिएको जनाएको छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।