विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको छः उपप्रधानमन्त्री सिंह

जेष्ठ २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ‘समयमै नदी र खोलाहरुलाई सफा गर्ने, बाँध लगाउने जस्ता कामहरू सरकारले गरिरहेको पनि उल्लेख गर्नुभयो । 

उहाँले अधिकार सम्पन्न वागमती सभ्यताबाट नदीहरू सफाई गर्ने कार्य सुरू गरिसकेको बताउनु भयो । उहाँले अचानक आउने विपद्बाट हुने क्षति न्युनिकरणका लागि सरकारले यस पटकदेखि सानो भएपनि तत्काल खर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले विगतमा भएका कामबाट सिकेर अघि बढ्न जरूरी रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.