धादिङ कारागारमा एक थुनुवाले गरे आत्महत्या

जेष्ठ १४, २०८२ |पोषनाथ अधिकारी
धादिङ कारागारमा एक थुनुवाले गरे आत्महत्या

धादिङ । जिल्ला कारागारमा गएराती एक थुनुवाले झुण्डीएर आत्महत्या गरेका छन । धादिङको वेनीघाट रोराङ गाउँपालिका-७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालयमा झुण्डीएर आत्महत्या गरेका हुन् ।

गएको ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि धुनामा रहेका सुनार राति १ बजेतिर शौचालय गएको र लामो समयसम्म पनि नफर्किएपछि सुरक्षामा रहेकाले एकले अर्काको काधमा चढी झ्यालबाट हेर्दा झुण्डीएको अवस्थामा देखेको धादिङ कारगारका प्रशासक राममणी मिश्रले बताउनु भयो ।

सुनारले मुडा बुन्न प्रयोग हुने दुई हात लामो डोरीले पासो लागाई आत्महत्या गरेका हुन् । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरी मृतकको शव पोष्टमार्टमका लागी धादिङ अस्पताल पठाइएको प्रशासक मिश्रले बताउनुभयो ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।