काठमाडौं । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आज अर्थात् बुधबार अपराह्न काठमाडौँ आउने हुनुभएको छ । उहाँ आज अपराह्न काठमाडौँ आउने परराष्ट्र मन्त्रालयले जनाएको हो ।
काठमाडौँ अवतरण गरेलगत्तै उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टा-छुट्टै शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै, उपप्रधानमन्त्रीले आजै साँझ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता कार्यक्रम रहेको बताइएको छ । भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनकाे समेत आयाेजना हुने बताइएकाे छ ।