नवनियुक्त गभर्नर पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट, पेशी भोलि

जेष्ठ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नवनियुक्त गभर्नर पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट, पेशी भोलि

काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ताहरु अनन्तराज लुईंटेल, विशाल थापा र प्रतिभा उप्रेतीले आज रिट दर्ता गराउनुभएको हो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति र नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई पनि प्रतिवादी बनाइएको छ । 

रिटमा पौडेलको नियुक्ति कानुन सम्मत नरहेको भन्दै खारेजीको माग गरिएको छ । निवेदकहरुले नियुक्तिको क्रममा जालझेल गरिएको तथा पौडेल राजनीतिक दलको सदस्य रहेको दाबी गरेका छन् । रिटमाथि सुनुवाइ गर्न भोलि पेशी तोकिएको छ ।

यसअघि पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्नबाट रोक्न माग गर्दै पेश भएको रिट निवेदन भने सर्वोच्चले दरपीठ गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.