सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाँउपालिका-४ खुकुण्डोलमा सुख्खा पहिरो खस्दा तीनवटा बोलेरो पुरिएका छन । यस्तै सुख्खा पहिरो खस्दा केही घरमा समेत क्षति पुगेको छ ।
खकुण्डोल भिरबाट खसेको सुख्खा पहिरोले पार्किङ गरी राखिएका दुई बोलेरोसहित केही घरमा क्षति पुगेको हो ।
पहिरोमा गंगाबहादुर नेवारको बा १८ च ८६१७ नम्बरको बोलेरो पूर्ण रूपमा क्षति भएको छ भने बा ०३० च ७८७४ नम्बरको बोलेरोमा आंशिक क्षति पुगेको इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले बताउनुभयो ।
ढुंगासहितको पहिरो झर्दा स्थानीय साङ्बो शेर्पा , पाल्देन शेर्पा र कामी शेर्पाको घरभित्र ढुंगाले क्षति पुगेको छ ।