यार्सा संकलन गर्न गएका दुई समूहबीच झडप, सशस्त्र प्रहरीद्वारा हवाई फायर

जेष्ठ १०, २०८२ |सरोज थापा
यार्सा संकलन गर्न गएका दुई समूहबीच झडप, सशस्त्र प्रहरीद्वारा हवाई फायर

डोल्पा । यार्सागुम्बा संकलनका लागि हिमाली जिल्ला डोल्पा पुगेका दुई समूहबीच झडप भएको छ । शनिबार दिउँसो ठूली भेरी नगरपालिका–१ को ठांगे लेक (दह देउराली) मा यार्सागुम्बा संकलन गर्न गएका समूहबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक मनीष थापाका अनुसार डोल्पाको ठूली भेरी नगरपालिका-१ थालाका र काइके गाउँपालिका-२ माथिल्लो शहरताराका स्थानीयबीच झडप भएको हो । 

यार्सा संकलनको लागि डोल्पा पुगेका पूर्वी रुकुमको मैकोट गाउँका स्थानीय पनि झगडामा सामेल भएको बताइएको छ । झडपपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले २ राउन्ड हवाई फायर गरेको छ ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।