काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने भएको छ ।
आज भएको समझदारीमा यसअघिका छाप्न बाँकी २८ लाख थान लाइसेन्स असार मसान्तबाट छाप्न सुरु गर्ने उल्लेख छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच भएको समझदारीमा जिम्मेवारी पनि बाँडफाँट गरिएको छ ।
समझदारी पत्रमा उच्च सुरक्षासहितको क्यूआर कोड लाइसेन्समा राखिनेछ । विदेश जाने प्रयोजनका लागि 'चिप'सहितको लाइसेन्स भने यातायात विभागले नै छाप्नेछ ।
'जूटूसी' मोडलमा समझदारी भए पनि प्रति लाइसेन्सको छपाइको सुरक्षण मुद्रण केन्द्रले शुक्क लिने गरी समझदारी भएको हो । शुक्कको निर्धारण भने बोर्डले तह गर्ने जनाइएको छ ।