तिलगाउँमा तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग सांसद लामाको माग

जेष्ठ ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
तिलगाउँमा तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग सांसद लामाको माग

काठमाडौं । प्रतिनिधि सभामा हुम्लाका सांसद छिरिङ डम्डुल लामाले हुम्लाको तिलगाउँमा बस्ती विस्थापित भएको भन्दै तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा हुम्लाका सांसद लामाले हुम्लाको लिमिस्थित तिलगाँउमा बस्ती विस्थापित हुँदा पनि सरकारको उपस्थिति नभएको भन्दै ध्यानाकर्षण गराउनुभएको हो । 

उहाँले गाउँ नै तहसनहस हुँदा पनि सरकारको उपस्थिति नभएको भन्दै तत्काल तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

हुम्लाका सांसद लामाले तिलगाँउमा गएको पहिरोले आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा विस्थापित भइरहेको संसद्‌मै सुनाइरहँदा सांसदहरूको प्रश्नको जवाफ दिन रोस्टममा उभिएका गृहमन्त्री रमेश लेखकले भने सदनलाई कुनै जानकारी दिनुभएन । जेठ १ गते बाढी र पहिरोका कारण हुम्लाको तिल गाउँका १८ परिवारका ३२ जना विस्थापित छन् । तर गृहमन्त्री लेखकले यसबारेमा सदनमा कुनै जानकारी नदिनुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.