४७ सय मिटरभन्दा माथि जान नसकिएपछि तिल गाउँको बाढीको कारण पत्ता लागेन

जेष्ठ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
४७ सय मिटरभन्दा माथि जान नसकिएपछि तिल गाउँको बाढीको कारण पत्ता लागेन

हुम्ला । हुम्लाको लिमीस्थित तिल गाउँमा बिहीबार राति एक्कासि आएको बाढीको कारण पत्ता लाग्न सकेको छैन । उद्धारका लागि खटेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ४७ सय मिटरको उचाइभन्दा माथि जान नसकेका कारण बाढी के कारणले आयो पत्ता लगाउन नसकिएको हो ।

नाम्खा गाउँपालिका- ६ को तिलगाउँ र कञ्जुम गुम्बाको बीच भएर बग्ने सेखाङलुग्वा खोलामा बिहीबार राति बाढी आएको थियो । बाढी आएसँगै स्थानीय १८ घरपरिवारलाई राति नै हिमशिखर आधारभूत विद्यालयमा सारिएको थियो । बाढीले तिल गाउँबाट गुम्बा आवतजावत गर्ने बाटो अवरुद्ध भएको थियो । 

त्यस्तै खानेपानीको मुहान, सिँचाइ कुलो र निर्माणाधीन जलविद्युत् परियोजनाको संरचनमा क्षति पुगेको छ । दुर्गम भएका कारण र मौसमको प्रतिकूलताका कारण क्षतिको कारण अध्ययन भने गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.