संसदीय उपसमितिद्वारा विद्यालय शिक्षा विधेयक पारित

जेष्ठ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसदीय उपसमितिद्वारा विद्यालय शिक्षा विधेयक पारित

काठमाडौं । संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयक पारित गरेको छ । शिक्षा समिति अन्तर्गतको उपसमितिको आज बसेको बैठकले विधेयकमा सहमति जुटाएर पारित गरेको हो ।

यो विधेयक अब समितिको पूर्ण बैठकमा पेश हुनेछ । समितिले पारित गरेपछि संसद्‍मा पुग्नेछ ।

सामुदायिक विद्यालयका शिक्षकहरूले तत्काल शिक्षा विधेयक पारित गर्न माग गर्दै झन्डै एक महिनासम्म विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । सरकारले यही अधिवेशनबाट विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.