सप्तरी । सप्तरी जिल्ला अदालत परिसरमै बार एसोसिएसनका पदाधिकारीबाट अवैध असुली गर्ने गरेको खुलासा भएको छ । लेखापढी व्यवसायीको प्रमाणपत्रका आवेदकसँग बारका पदाधिकारीले नियमविपरीत रकम मागेको भिडियो सार्वजनिक भएको हो । तर, छानबिन र कारबाहीमा बेवास्ता भएको छ ।
सबैतिरबाट निराश भएपछि मानिससँग एउटा मात्रै आशाको रूपमा न्यायालय रहन्छ । तर, त्यही अदालतको एउटा प्रमुख अङ्ग बार एसोसिएसन हाँकाहाँकी रकम लेनदेन गर्न उद्दत भइदिन्छ, यसले गम्भीर प्रश्न सोझिएको छ सप्तरी जिल्ला अदालत र त्यहाँको बार एसोसिएसनमाथि ।