काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैबाट वर्षा भइरहेको छ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का हल्का वर्षा भइरहेको छ।
वर्षाले निम्त्याएकाे प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन ।
लुम्बिनी प्रदेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन विभागले अनुरोध गरेको छ ।