ताप्लेजुङमा हावाहुरी, विद्युत् अवरुद्ध

वैशाख १४, २०८२ |आनन्द गौतम
ताप्लेजुङमा हावाहुरी, विद्युत् अवरुद्ध

ताप्लेजुङ । ताप्लेजुङमा आइतबार साँझ बेसरी हावाहुरी चलेको छ । हुरीले फुङलिङ नगरपालिका- १० फुरुम्बुका मानबहादुर लिम्बूको घरको छाना उडाएको छ भने वडा नं ८ दोखुका जसबहादुर विश्वकर्माको मतानको छाना उडाएको छ । 

दिउँसोदेखि जिल्लाभरि नै विद्युत् सेवा पनि अवरुद्ध भएको छ । ठाउँ ठाउँमा रुख ढलेर बिजुलीका तार चुँडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।