धनुषा । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भाटभटेनी लुटपाटमा संलग्न कांग्रेस सहमहामन्त्री छोराको नाम र तस्बिर सार्वजनिक गर्न चुनौती दिनुभएको छ । जनकपुरधामस्थित पार्टी कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री समेत रहेका सहमहामन्त्री यादवले आफू र आफ्नो पार्टीलाई लक्षित गर्दै लिङदेनले लगाएको आरोप पुष्टि गर्न चुनौती दिनुभएको हो ।
चैत १५ गते भाटभटेनीमा भएको लुटपाट घटनामा आफ्नो छोराको संलग्नता पुष्टि नभए उहाँले अध्यक्ष लिङदेनमाथि कानुनी कारबाही हुनुपर्ने पनि माग गर्नुभएको छ ।
प्रतिनिधि सभामा गलत सूचना दिएर प्रतिनिधि सभा र जनतालाई भ्रमित गर्ने प्रयास गरिएको सहमहामन्त्री यादवले उल्लेख गर्नुभयो । लिङदेनको अभिव्यक्ति विरुद्ध नेपाली कांग्रेसले मधेश प्रदेशका आठै जिल्लामा आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।