प्रधानमन्त्री ओली र ब्राजिलियन ‘लेजेन्ड’ फुटबलर कार्लोसबीच भेट [तस्बिरहरू]

वैशाख १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओली र ब्राजिलियन ‘लेजेन्ड’ फुटबलर कार्लोसबीच भेट [तस्बिरहरू]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेन्ड फुटबलर रोबर्टो कार्लोसबीच भेट भएको छ । बुधबार प्रधानमन्त्री त्था मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग कार्लोसले भेट गर्नुभएको हो । 

नेपाल सुपर लिग (एनएसएल) हेर्न मंगलबार नेपाल आउनुभएका कार्लोस र प्रधानमन्त्री ओलीबीचको भेटमा नेपालमा खेलकुद क्षेत्रको उन्नयनका बारेमा छलफल भएको बताइएको छ । ५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेल्नुभएको थियो । कार्लोस शुक्रबार नै नेपाल आउने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण आउन सक्नुभएको थिएन ।

ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्त्वपूर्ण खेलाडी हुनुहुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.