काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकको परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ राहत दिने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले चैत १५ गतेको घटनाका मृतकका परिवारलाई राहत दिने निर्णय गरिएको जानकारी दिनुभएको हो ।
चैत १५ गते राजावादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।