काभ्रे । अरनिको राजमार्ग अन्तर्गत ५० किलोदेखि ५४ किलो खण्डका विभिन्न ठाउँमा लेदो सहितको पहिरो झरेर राजमार्ग अवरुद्ध भएको छ । बिहीबार अपराह्न ४ बजेतिर वर्षाका कारण पहिरो झरेकाले राजमार्गमा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरो पन्छाएर बाटो खुलाउने प्रयास जारी छ । तर वर्षा भइरहेकाले सडक खुलाउन कठिन भइरहेको उहाँले बताउनुभयो ।
सवारीहरूलाई चाखोला–ज्याम्दी–कुन्ताबेंशी–नगरकोट सडकखण्ड भएर यात्रा गर्न अनुरोध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।