दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप

चैत्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप

काठमाडौं । गत चैत १५ गते भएको राजावादी प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी एवं उक्त आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले संगठित अपराध र राज्यविरुद्धको कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको हो ।

प्रसाईंसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्काविरुद्ध पनि १२ दिनको म्याद थप भएको छ । यस्तै प्रसाईं क्यान्सरको बिरामी भएका कारण अदालतले प्रहरीलाई चिकित्सकको परामर्शमा उपचारको प्रबन्ध गर्न पनि आदेश दिएको छ ।

तीनकुनेमा भएको राजावादी प्रदर्शनमा प्रहरीको सुरक्षा घेरा तोड्दै हिंसा भड्काएर फरार भएका प्रसाईंलाई आज बिहान झापास्थित भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिई काठमाडौं ल्याएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.