काठमाडौं । नेपाल प्रहरीले राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ । बिहीबार राति एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले प्रसाईं प्रहरीको खोजी सूचीमा भए पनि हालसम्म पक्राउ नपरेको बताउनुभएको हो ।
प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजी सूचीमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।’