भैरहवा कारागारको ‘ब्लक नम्बर ४’ मा रविको एकल बास

चैत्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
भैरहवा कारागारको ‘ब्लक नम्बर ४’ मा रविको एकल बास

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने भैरहवास्थित जिल्ला कारागार चलान भएका छन् । सोमबार बिहान जिल्ला अदालत रूपन्देहीमा पेश गरिएसँगै लामिछाने कारागार चलान भएका हुन् ।

जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई भैरहवा कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । “हामीकहाँ ४ वटा ब्लक छन् । त्योमध्ये ब्लक नम्बर ४ मा राखिएको छ”, कारागार प्रशासक भण्डारीले बताउनुभयो ।

लामिछानेलाई हाल एक्लै राखिएको छ । पछि कैदीबन्दीको संख्या थप भएमा अरूलाई पनि रविसँगै राखिने भण्डारीले बताउनुभयो ।

भण्डारीका अनुसार लामिछानेको स्वास्थ्य अवस्था जाँच गरेर कारागारभित्र पठाइएको हो । लामिछानेको स्वास्थ्य अवस्था सामान्य भएको पनि भण्डारीले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.