सहकारीपीडितले राष्ट्रपति कार्यालय घेर्ने

चैत्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारीपीडितले राष्ट्रपति कार्यालय घेर्ने

काठमाडौं । सहकारीपीडितहरूले आज राष्ट्रपतिको कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको छ । सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघले विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आज आन्दोलनस्वरूप राष्ट्रपति कार्यालय घेर्ने जनाएको हो ।

सहकारीपीडितहरूको र्‍याली रत्नपार्क शान्तिवाटिकाबाट सुरु हुनेछ भने र्‍याली राष्ट्रपति कार्यालय पुग्ने प्रयास गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.