स्रोत अभावका कारण भुक्तानी गर्न नसकिने बीमा बोर्डको स्वीकारोक्ति

चैत्र २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्रोत अभावका कारण भुक्तानी गर्न नसकिने बीमा बोर्डको स्वीकारोक्ति

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्रोत अभावका कारण दाबी भुक्तानी गर्न नसकिएको जनाएको छ । अहिले गत आर्थिक वर्षकै दाबी परीक्षण भइरहेको बोर्डको भनाइ छ ।

बोर्डले दाबी परीक्षण गर्न जनशक्ति अभाव रहेको र स्वास्थ्य बीमा ऐन लागू गर्न नसक्दा समस्या देखिएको जनाएको छ । हाल देशभर ४४९ स्थानीय तहमा विस्तार भइसकेको स्वास्थ्य बीमा कार्यक्रममा ८९ लाख ५२ हजार १३५ नागरिक आबद्ध छन् । आर्थिक वर्ष २०८१/८२ को फागुनसम्ममा क्रियाशील सदस्यको संख्या ५७ लाख ५३ हजार ८१७ छ । जुन कुल जनसंख्याको २० प्रतिशत हो ।

बिमितहरूले स्वास्थ्य बीमा बापतको सेवा सुविधाका लागि सास्ती खेप्नु परिरहेको बताउँदै आएका छन् । सरकारले पछिल्लो समय बीमाको दायरा १ लाखबाट बढाएर ५ लाख पुर्‍याउने योजना अघि सारे पनि खाका अझै प्रस्ट छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.