यी हुन् कर्फ्यु आदेश जारी भएको क्षेत्र

चैत्र १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
यी हुन् कर्फ्यु आदेश जारी भएको क्षेत्र

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ । शुक्रबार अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको छ ।

गौशालादेखि एअरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । यस्तै, कोटेश्वरदेखि जडिबुटी पुलसम्म, कोटेश्वरदेखि बालकुमारी पुलसम्म तथा बानेश्वर चोकदेखि शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी भएको छ ।

यसैगरी गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म पनि कर्फ्यु लगाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.