काठमाडौं । राजसंस्था पुनःस्थापना गर्न भन्दै गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’ले आफ्ना चार बुँदे माग एक साताभित्र पूरा गर्न माग गरेका छन् ।
नवराज सुवेदी नेतृत्वको समितिले बिहीबार पत्रकार सम्मेलन मार्फत सरकारले राजसंस्था सहितको हिन्दू राज्य, भ्रष्टाचार नियन्त्रण लगाएतका चार बुँदे माग सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
सुवेदी सहित राप्रपाका नेताहरू धवलशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र लगायतका राजावादी समर्थक तथा पार्टीका नेताहरूको सहभागिता थियो । पत्रकार सम्मेलनमा सुवेदीले आफूहरू सक्रिय राजतन्त्र नभएर राजसंस्था पुनःस्थापनाका लागि मात्रै आन्दोलनमा जान लागेको बताउनुभयो ।
उहाँले १७ गतेदेखि निरन्तर आन्दोलन हुने र २१ गतेसम्म पनि सरकारले चासो नदिए चैत २१ गतेदेखि आन्दोलनको स्वरूप फेरिने बताउनुभयो ।