पशुमा बाँझोपन, समस्यामा किसान

चैत्र ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
पशुमा बाँझोपन, समस्यामा किसान

सुनसरी । सुनसरीका पशुपालक किसान चौपायामा बाँझोपनको समस्या देखिन थालेपछि समस्यामा परेका छन् । पशुमा बढेको बाँझोपनको समस्याले नोक्सानी बेहोर्नुपरेको उनीहरूको दुःखेसो छ ।

गाई तथा भैँसीमा पटक-पटकको प्रयासमा पनि गर्भधारण नहुने समस्याले किसान थप आजित भएका छन् । चौपायाको नियमित उपचार, पोषण र सरसफाइमा ध्यान नदिदा पशुमा बाँझोपनको समस्या हुने चिकित्सकको भनाइ छ । पछिल्लो समय पशुमा विभिन्न किसिमका यौनजन्य रोग पनि बढेको छ ।

पशु चौपाया राख्ने गोठको सरसफाइमा ध्यान दिने, बेलाबेला औषधि खुवाउने, विभिन्न रोगका भ्याक्सिन लगाइराख्ने र उपयुक्त खाना खुवाए बाँझोपनको समस्या न्यूनीकरण हुने पशु चिकित्सक बताउँछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.