धुलिखेल-खावा सडक समयमा निर्माण सम्पन्न नभएको भन्दै स्थानीयको विरोध, राजमार्ग ठप्प

चैत्र ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
धुलिखेल-खावा सडक समयमा निर्माण सम्पन्न नभएको भन्दै स्थानीयको विरोध, राजमार्ग ठप्प

काभ्रे । धुलिखेल-खावा सडक निर्माण सम्पन्न नभएको भन्दै स्थानीयले बिहीबार दिउँसो १ बजेबाट अरनिको राजमार्ग बन्द गरेका छन् । समयमा सडक नबन्दा स्थानीय र यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ।

धुलिखेल-खावा ४ किमी सडक निर्माणको सुनिश्चितता नभएको भन्दै स्थानीय आक्रोशित भएका हुन्। २०७९ जेठ २० मा सम्झौता भएको यो सडक २०८० चैत १९ मा सकिनुपर्ने थियो, तर निर्माण व्यवसायीले काम नगर्दा ठेक्का रद्द गरिएको छ।

गौरी पार्वती निर्माण सेवा प्रालिले ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन कार्यालय भक्तपुरले २०८१ फागुन १५ मा ठेक्का रद्द गरेको थियो। तर, ठेकेदार अदालत पुगेपछि निर्माण कार्य थप अन्योलमा परेको छ। उच्च अदालत पाटनले कम्पनीलाई कारबाही नगर्न र ठेक्का तोड्ने प्रक्रिया रोक्न आदेश दिएपछि समस्या झन् जटिल बनेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement