धादिङ । निर्वाचन समितिका संयोजकले राजीनामा दिएपछि स्ववियु चुनाव स्थगित भएको धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र अनेरास्ववियुले चुनावको माग राखेर स्ववियु कार्यालयमा तालाबन्दी गरेका छन् ।
क्याम्पस प्रशासनको लापरबाही र नियोजित चलखेलका कारण तोकिएको समयमा चुनाव हुन नसकेको भन्दै तत्काल निर्वाचनको माग गर्दै दुई संगठनले कार्यालयमा ताला लगाएका हुन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष संगीत तामाङ र अनेरास्ववियुका अध्यक्ष सम्झना शाक्यको संयुक्त हस्ताक्षरमा विज्ञप्ती जारी गरी ताल्चा लगाएका उनीहरुले विज्ञप्तीमार्फत विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य नहुने, २०७९ सालको स्ववियु कार्यसमिति स्वतः विघटन भइसकेका कारण प्रशासनले त्यसलाई मान्यता दिन नहुने भन्दै तत्काल निर्वाचन प्रकृया अघि बढाउन माग गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रयोजनको लागि क्याम्पस सञ्चालक समितिवाट निर्वाचन समिति गठन भै निर्वाचनको प्रक्रिया अगाडी बढी रहेको अवस्थामा निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले निर्वाचन प्रक्रिया अगाडी बढाउने क्रममा उत्पन्न असहज परिस्थिति जनाई निर्वाचन समितिको संयोजक पदबाट फागुन २८ गते राजिनामा दिनुभएको थियो ।
निर्बाचन समितिका संयोजकको राजिनामा पछि क्याम्पस प्रमुख नवराज शर्माले विज्ञप्ति जारी गरी निर्वाचन समिति तथा शिक्षक कर्मचारीको बैठकको निर्णय साथै सञ्चालक समितिको अध्यक्षको निर्देशन बमोजिम सञ्चालक समितिको बैठकबाट अर्को निर्वाचन समिति गठन भई निर्वाचनको मिति तय नभएसम्मका लागि निर्वाचन स्थगीत गर्नुभएको थियो ।
सँधै नपाल विद्यर्थी सँघको बर्चस्व रहँदै आएको निलकण्ठ क्याम्पसमा धादिङ काँग्रेसका सभापति समेत रहनु भएका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी र नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुङ्गानाका २ समुहका विद्यार्थीहरुको २ समुह भएपछि वाताबरण विग्रीएको थियो ।
कांग्रसका २ समुहको विवादले स्ववियूलाई वन्धक वनाएको अखिल क्रान्तिकारी र अनेरास्ववियुले आरोप लगाएका छन् ।