काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलन पीडितहरुको उपचार तथा पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलन पीडित र जलनका घाइतेहरुको उपचार र क्षतिपूर्तिको सन्दर्भ आफू व्यक्तिगत रुपमा समेत गम्भिर रहेको उहाँको भनाइ छ ।
उहाँले तेजाव र अन्य रसायनिक घातक पदार्थ नियमन ऐनले प्रयाप्त व्यवस्था गरेको गरेकोले उक्त विधेयकको छलफलका क्रममा सरकारले आधिकारिक धारणा राख्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जलन पीडित र जलनका घाइतेहरुको सन्दर्भमा अथवा क्षतिपूर्तिको सन्दर्भमा म गम्भिर छु । जलन पीडित र पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील छ । तेजाव र अन्य रसायनिक घातक पदार्थ नियमन ऐन,२०७९ ले यस सम्बन्धमा प्रयाप्त व्यवस्था गरेको समेत जानकारी गराउँदछु । जलनपीडितहरुको उपचार, पुनःस्थापनाका सन्दर्भमा सदनमा दर्ता भएको निजी विधेयकको सम्बन्धमा दाफावार छलफलको क्रममा सरकारले आफनो धारणा विस्तृत रुपमा राख्ने नै छ ।’
उहाँले जलन अस्पतालहरुको विस्तार तथा स्तरोन्नति गर्नको लागि समेत सरकारले काम गरिरहेको बताउनु भयो ।