उज्यालो नेपालको नायक कुलमान होइनन्, भारत र निजी क्षेत्रलाई धन्यवाद दिउँः उर्जामन्त्री खड्का

चैत्र ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
उज्यालो नेपालको नायक कुलमान होइनन्, भारत र निजी क्षेत्रलाई धन्यवाद दिउँः उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई भारत र निजी क्षेत्रले गरेको जिकिर गर्नुभयो । कार्यकारी निर्देशक घिसिङ उद्योगको लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्कको आरोप छ ।

उहाँले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गर्नुभयो । उहाँले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति धानिरहेको बताउनु भयो ।

मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिएपनि महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताउनु भयो । प्राधिकरण नाफा रहको भनि गरिएको दाबीमा कुनै सत्यता नभएको उहाँको तर्क छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement