स्ववियु निर्वाचनको मतपरिणाम आउने क्रम जारी

चैत्र ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्ववियु निर्वाचनको मतपरिणाम आउने क्रम जारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन-स्ववियुको लागि हिजो भएको निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ ।

पछिल्लो परिणाम अनुसार वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट अनेरास्ववियुका अभिषेक शर्मा अध्यक्षमा विजयी हुनुभएको छ भने सचिवमा अखिल क्रान्तिकारीका गौरव खड्का विजयी हुनुभएको छ । 

कोषाध्यक्षमा ५ जना सदस्यहरुमा अनेरास्ववियुबाट २ जना र अखिल क्रान्तिकारीबाट ३ जना विजयी भएका छन् । यसैगरी, नर्सिङ क्याम्पसमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

यसैगरि त्रिभुवन विश्वविद्यालय अन्तर्गत कञ्चनपुरका विभिन्न क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन अन्तर्गतका चुनावको मत परिणाम अनुसार बेलडाँडीस्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा मोहन जैसीको नेतृत्वमा नेविसंघको पूरै प्यानल भारी मतान्तरले विजयी भएको छ । 

त्यसै गरी, दोधाराचाँदनीस्थित भानु बहुमुखी क्याम्पसमा सुवास नेगीको नेतृत्वमा नेविसंघकै प्यानल विजयी भएको छ । पुनर्वासस्थित जनता क्याम्पसमा नेविसंघका विकास खड्काको सभापतित्वमा पुरै प्यानल निर्वाचित भएको छ । 

कृष्णपुरस्थित कञ्चन बहुमुखी क्याम्पस गुलरियामा सुनिल ऐरको नेतृत्वमा नेविसंघको पुरै प्यानल विजयी भएको छ । बेलौरीमा रहेका महाकाली बहुमुखी क्याम्पस र रामपुर बहुमुखी क्याम्पसमा भने अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ । 

महाकालीमा दीपक चौधरी र रामपुरमा रविना रानाको सभापतित्वमा क्रान्तिकारीको पूरै प्यानल निर्वाचित भएको हो । यसैगरि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वचन अन्तर्गत डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघका गौरव ऐर सभापतिमा निर्वाचित हुनुभएको छ । 

 यता रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा एक सदस्य बाहेक सबै पदमा अनेरास्ववियु विजयी भएका छन् ।

जाजरकोटको नलगाड बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियूको संयुक्त प्यानल विजयी भएका छन् । उता सल्यानमा ४ क्याम्पसमा सम्पन्न निर्वाचन अन्तरगत बन्गाड क्याम्पसमा अखिल क्रान्तिकारीका जीवन विष्ट, कपुरकोट बहुमुखी क्याम्पसमा नेविसंघका झलक ओली र शारदा क्याम्पसमा अनेरास्ववियुका विश्व खड्का निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरि काभ्रे बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। निर्वाचन समितिको विवरणअनुसार, नेविसंघले अध्यक्षसहित प्रमुख पदमा विजय प्राप्त गरेको छ। 

अध्यक्ष पदमा रोहित पराजुली २५२ मतसहित विजयी हुनुभएको छ भने सचिवमा ललित कुमारी भुलले २४९ मत ल्याएर विजयी हुनुभयो । अन्य समूहतर्फ, अखिल (क्रान्तिकारी) का मुछेन लामा सचिव पदमा १२५ मत प्राप्त गरि विजयी विजयी हुनुभएको छ । स्वतन्त्र विद्यार्थी युनियनको कुल ३६५ मत खसेको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement