काठमाडौं । कान्तिपुर टेलिभिजनका पत्रकार नारायण किलम्बू प्याब्सन शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को १६ औं महाधिवेशनको अवसरमा पत्रकार किलम्बू सम्मानित हुनुभएको हो ।
शिक्षाका विविध आयामलाई उजागर गर्दै समग्र शिक्षाको विकासमा निरन्तर रही पत्रकारिताको माध्यमबाट शिक्षा क्षत्रमा योगदान पुर्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार किलम्बूलाई सम्मान गर्नुभएको थियो ।
सोही अवसरमा प्याब्सन गौरव सम्मानबाट पूर्वअध्यक्ष भोजबहादुर शाह, लक्षबहादुर केसी, विजय साम्बाहाम्फे पनि सम्मानित हुनुभयो । त्यसैगरी नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी पनि सम्मानित हुनुभयो ।