अछाम । अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा २ महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो जिल्लाको मंगलसेन नगरपालिका-९ ओलीगाउँ सुतुडाकी अन्दाजी ३०/३५ वर्षका देउरूपा बोहरा र विनीता बोहराको मृत्यु भएको घटनास्थलमा रहेका स्वास्थ्यकर्मी पुप्प बोहराले बताउनुभयो ।
मृतकहरू एकै घरका देवरानी जेठानी हुन् । चैते दशैंका बेला घर लिपपोत गर्नका लागि सो क्षेत्रका महिलाहरू सो क्षेत्रमा माटो लिने गरेका छन् ।