त्रिभुवन विमानस्थल अगाडि राजतन्त्र पक्षधरको प्रदर्शन

फाल्गुन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिभुवन विमानस्थल अगाडि राजतन्त्र पक्षधरको प्रदर्शन

काठमाडौं । राजतन्त्र समर्थित राष्ट्रिय प्रजातन्त्र पार्टीसहित केही समूहले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

राप्रपाका नेता कार्यकर्तासहित पूर्वराजा ज्ञानेन्द्र शाह समर्थित पक्षले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीले राजसंस्थाका पक्षमा नाराबाजी समेत गरेका छन् । प्रदर्शनका कारण कोटेश्वरदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गौशाला क्षेत्रको आवागमन अस्तव्यस्त भएको छ ।

सडक अवरुद्द हुँदा विमानस्थल हुँदै आउने-जाने पर्यटकले समेत निकै सास्ती खेप्नुपरेको छ ।

पोखरा पुगेका पूर्वराजा शाह आज काठमाडौं आउने कार्यक्रम रहेकाले राजतन्त्र समर्थकहरु उहाँको स्वागतका लागि भन्दै त्रिभुवन विमानस्थल अगाडि ठूलो संख्यामा भेला भएका हुन् । त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement