कुलमानलाई किन शून्य नम्बर ? यस्तो छ ऊर्जामन्त्री खड्काको जवाफ

फाल्गुन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कुलमानलाई किन शून्य नम्बर ? यस्तो छ ऊर्जामन्त्री खड्काको जवाफ

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कानुनअनुसार समयमा कार्यसम्पादन मूल्यांकन नबुझाएका कारण शून्य नम्बर दिइएको स्पष्ट पार्नु भएको छ । 

घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिइएकोबारे प्रश्न उठेपछि प्रतिनिधि सभामा आज विशेष समय लिएर बोल्दै मन्त्री खड्काले घिसिङले कानुन नमान्ने गरेको र मन्त्रालयको निर्देशन तथा बारम्बारको पत्राचारलाई समेत नटेर्ने गरेको आरोप लगाउनुभयो । उहाँले लोडसेडिङ अन्त्यको श्रेय कुलमानलाई नभई भारतलाई दिनुपर्ने समेत बताउनुभयो ।

यसका साथै भारतसँग विद्युत् बिक्रीको सम्झौतामा पनि कुलमानको कुनै भूमिका नरहेको आरोप मन्त्री खड्काले लगाउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement