सप्तरी । राजविराज नगरपालिकाभित्र स्थापनाकालदेखि बसाेवास गरिरहेका बिटाैरी-ब्लक जग्गा पीडितले लालपुर्जा माग्दै आज राजविराज बजार बन्द आह्वान गरेका छन् ।
राजविराज नगरबासी पीडित संघर्ष समितिकाे अगुवाइमा बिटाैरी-ब्लक जग्गा पीडितले लालपुर्जा र नगरका विभिन्न समस्या समाधानकाे माग गर्दै बजार बन्द आह्वान गरेका हुन् ।
प्रदर्शनकारीले स्थानीय मिनी मार्केट अगाडि टायर बालेर प्रदर्शन समेत गरेका छन् । साे क्रममा अवरुद्ध यातायात, बजार र सडकमा बालिएकाे टायर निभाउन प्रहरीले हस्तक्षेप गर्दा केही बेर घम्साघम्सी भएकाे थियाे ।
प्रदर्शनस्थलमै आयाेजित विरोधसभामा वक्ताहरुले नगरबासीकाे पुर्वनिर्धारित संघर्षका कार्यक्रममा गरिएको प्रहरी हस्तक्षेपकाे विरोध गरेका थिए ।
प्रदर्शनकारीले राजबिराजका बिटाैरी र बल्क जग्गा पीडितलाई अविलम्ब लालपुर्जाका लागि राजविराज नगरपालिका, नापी र मालपाेतसहित सराेकारवाला निकायहरुकाे ध्यानाकर्षण गराए ।
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका स्थापना हुनुअघि हनुमानगरमा थियो । त्यतिबेला लगातार काेसी कटान हुँदा सदरमुकाम हनुमाननगर सारेर २०१६ सालमा राजविराज स्थापना गर्दा ५०, १०० र १५० रुपैयाँका दरले कित्ताकाट गरी स्थानीयलाई माल अड्डाले जग्गा उपलब्ध गराएकाे थियाे । साेही जग्गालाई बिटाैरी जग्गा भनिएकाे हाे ।
६० बिघा बिटाैरी र १० बिघा बल्क गरी मुलुकमै पहिलोपटक टाउन प्लानिङ गरी स्थापना गरिएकाे राजविराज नगरका बासिन्दालाई अहिलेसम्म लालपुर्जा उपलब्ध नगराइएको नगरबासीको गुनासो छ ।