इलामको चिया प्रशोधन उद्योगमा आगलागी, करिब सात करोडको क्षति भएको अनुमान

फाल्गुन १४, २०८१ |विप्लव भट्टराई
इलामको चिया प्रशोधन उद्योगमा आगलागी, करिब सात करोडको क्षति भएको अनुमान

इलाम । इलामको जस्जबीरेमा रहेको जस्बीरे चिया प्रशोधन उद्योगमा गए राति आगलागी भएको छ । आगलागीबाट करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट उद्योगका सबै मेसिन, तयारी चिया र भवन पूरै नष्ट भएको छ । मंगलबार साँझ उद्योगमा अचानक आगो लागेको थियो भने आगलागीको कारण खुल्न सकेको छैन ।

यस चिया उद्योगका सञ्चालक शरद सुब्बा केही महिनाअघि काठमाडौंमा आयोजित ‘नेपाल टी च्याजेन्ज २०२४’ मा नेपालका चिया उत्पादकहरूको प्रतिस्पर्धामा नेपालकै ‘बेस्ट टि मेकर’ घोषित हुनुभएको थियो । यस उद्योगबाट ‘स्पेसल टी’ उत्पादन हुँदै आएको थियो । उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्ने गरेको थियो भने युरोपका विभिन्न मुलुकमा निर्यात समेत हुँदै आएको थियो ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement