सशस्त्र र नेपाल प्रहरीको अधिकार क्षेत्र स्पष्ट हुने गरी कानुन बनाउन सांसदहरूको माग

फाल्गुन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सशस्त्र र नेपाल प्रहरीको अधिकार क्षेत्र स्पष्ट हुने गरी कानुन बनाउन सांसदहरूको माग

काठमाडौं । सांसदहरूले सशस्त्र प्रहरी बल र नेपाल प्रहरी विधेयकमा धेरै विषय दोहोरिएकाले अधिकार क्षेत्र स्पष्ट गरेर जानुपर्ने धारणा राखेका छन् । प्रतिनिधि सभामा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले विधेयकको नामदेखि अधिकार क्षेत्रसम्ममा विचार पुर्‍याउनुपर्ने धारणा राखेका हुन् । 

संगठन परिचालनका लागि सम्बन्धित प्रमुखलाई नै मुख्य जिम्मेवार बनाउने विषय कानुनमा नै व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ । यस्तै नेपाल प्रहरी विधेयक र यसमा प्रस्तावनादेखि अन्य धेरै विषय उस्तै प्रकृतिको रहेकाले त्यसमा स्पष्टता जरुरी रहेको सांसदहरूको भनाइ छ । सशस्त्र प्रहरीभित्र पनि राजनीतिक छायाँ देखिन थालेकाले कानुनबाटै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने भनाइ उनीहरूको छ ।

सांसदहरूले सशस्त्रले सीमा सुरक्षा गर्ने भनिए पनि अधिकार क्षेत्रमा नलेखिएको भन्दै त्यसलाई सच्याउन समेत माग गरेका छन् । खुला सीमाका कारण अहिले नेपालले शरणार्थीका रूपमा स्वीकार नगरेका १६ देशका नागरिकहरू झन्डै शरणार्थीको हैसियतमा बसेको भन्दै त्यस्तो समस्या समाधान गर्न सक्ने गरी सशस्त्र प्रहरीलाई खटाउन पनि उनीहरूले माग गरेका छन् ।

यस्तै सशस्त्रलाई समावेशी र मनोबल उच्च बनाउने विषयमा ध्यान दिन समेत सांसदहरूले माग गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement