तनहुँमा ‘स्वाइन फिभर’ बाट १८ बंगुर मरे

फाल्गुन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
तनहुँमा ‘स्वाइन फिभर’ बाट १८ बंगुर मरे

तनहुँ । ‘स्वाइन फिभर’ बाट तनहुँमा १८ बंगुर मरेका छन् ।

तनहुँको भिमाद नगरपालिकामा १४ वटा, शुक्लागण्डकीमा २ वटा र व्यास र ऋषिङ्ग गाउँपालिकामा १/१ वटा गरी स्वाइन फिभर’बाट १८ वटा बंगुर मरेको भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँका प्रमुख रविचन्द्र अधिकारीले बताउनुभयो ।

बंगुरमा ‘स्वाइन फिभर’ देखिएका कारण जिल्लामा बंगुर ओसारपोसारमा पूर्ण रुपमा रोक लगाएको उहाँले बताउनुभयो । स्वाइनफ्लुबाट जोगिन बंगुर फर्महरूमा उच्च सावधानी अपनाउन अनुरोध गरिएको पनि उहाँले बताउनुभयो ।

बंगुर फर्ममा जैविक सुरक्षा सावधानी अपाउन विज्ञहरूले सुझाव दिएका छन् । ‘स्वाइन फिभर’ देखेपछि बंगुरपालक किसान चिन्तित बनेका छन् । तनहुँमा ३० वटा ठूला बंगुर फर्मले व्यवसायिक रुपमा बंगुर पालन गर्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement