ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने दुई जना पक्राउ

माघ २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने दुई जना पक्राउ

काठमाडौं । ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौंस्थित ठमेल क्षेत्रमा गस्तीमा भएका दुई जना प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेकाहरू एमालेको भातृसंगठन अनेरास्ववियूका नेता हुन् ।

अमृत साइन्स क्याम्पसमा अध्ययन गरिरहेका दिनेश सिग्देल र रमेश फुलारा पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारीले जानकारी दिनुभयो । प्रहरीमाथि आक्रमण गर्ने सबै जना कारबाहीको दायरामा आउने अधिकारीले बताउनुभयो ।

ड्युटीमा रहेका प्रहरीलाई राजनीतिक आडमा कुटपिटमा उत्रिएको भन्दै आलोचना भइरहेको छ । आक्रमणमा परेर दुई प्रहरी घाइते भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement