मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

माघ २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाले मिडिया काउन्सिल विधेयक, २०८० पारित गरेको छ । राष्ट्रिय सभाको आजको बैठकले मिडिया काउन्सिल विधेयक पारित गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको प्रस्ताव सर्वसहमतिले पारित गरेको हो । 

बैठकमा सत्ता पक्षका सदस्यहरूले सरकारले ल्याएको अध्यादेशको बचाउ गरेका थिए । विपक्षी दलका सांसदहरूले सरकारले सुशासन कायम गर्न नसकेको र मुलुकमा इमान्दारिताको अभाव हुँदै गएको बताएका थिए । राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आईतबार बस्ने तय भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement