फाइल अड्काउने प्रवृत्तिले भ्रष्टाचार मौलायो : मुख्यमन्त्री सिंह

माघ २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
फाइल अड्काउने प्रवृत्तिले भ्रष्टाचार मौलायो : मुख्यमन्त्री सिंह

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले अधिकारीहरूले कानुनसम्मत रूपमा काम नगरी फाइल अड्काउने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार मौलाएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसका अवसरमा आयोगको बर्दिवास कार्यालयद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

जनताको स्वास्थ्यसँग खेलबाड गर्ने स्वास्थ्य संस्थामाथि प्रदेश सरकारले कारबाही अघि बढाएको जानकारी दिनुभयो । मुख्यमन्त्री सिंहले नेपालका विभिन्न ऐन तथा कानुनका कारण प्राकृतिक स्रोतको सही सदुपयोग हुन नसकेको उल्लेख गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुवाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री सिंहले अख्तियार अनुसन्धान सेवा पुरस्कारबाट सिनियर डिभिजन इन्जिनियर प्रकाश चौधरी र अख्तियार सेवा पुरस्कारबाट जगतराजलाई सम्मानपत्र सहित नगद प्रदान गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement