नागार्जुन नगरपालिकाका निलम्बित प्रमुख विरुद्ध अकुत सम्पत्तिमा मुद्दा दर्ता

माघ २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
नागार्जुन नगरपालिकाका निलम्बित प्रमुख विरुद्ध अकुत सम्पत्तिमा मुद्दा दर्ता

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित नगरप्रमुख मोहनबहादुर बस्नेत विरुद्ध अकुत सम्पत्तिमा मुद्दा दर्ता भएको छ । बस्नेत विरुद्धको यो तेश्रो मुद्दा हो ।

गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बस्नेत विरुद्ध विशेष अदालतमा पुनः भ्रष्टाचार मुद्दा दायर गरेको हो । बस्नेतले ८ करोड ६९ लाख गैरकानुनी रूपमा आर्जन गरेको र उक्त रकम भ्रष्टाचारबाट कमाएको दाबी अख्तियारको छ ।

बस्नेत विरुद्ध यसअघि भष्ट्राचारमा ९ करोड २२ लाख र सम्पत्ति शुद्धीकरणमा १३ करोड १२ लाख बिगो दाबी सहितका दुई वटा मुद्दा विशेष अदालतमा दर्ता भइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement