अछाम । अछाममा ढुंगा निकाल्ने क्रममा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्लाको मेल्लेख गाउँपालिका-५ कौलेनामा ढुंगा निकाल्ने क्रममा ढुंगा खानीमाथि पहिरो खस्दा सोही वडाका ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
खड्काकै भतिज ४८ वर्षीय भीमबहादुर खड्का गम्भीर घाइते भएका छन् । ढुंगा निकाल्ने क्रममा आइतबार दिउँसो २ बजे एक्कासि पहिरो खसेको थियो ।
घाइतेको कम्मर र शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको छ भने उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।