चितवन । नारायणघाट-मुग्लिन सडक खण्डको भरतपुर-२९ सेतीदोभान पुलबाट खोल्समा बस खस्दा २५ यात्रु घाइते भएका छन् ।
आज विहान पौने ५ बजेको समयमा नेपालगन्जबाट काठमाडौंतर्फ जादै गरेको लुप्र०३-००१ ख ००७७ नम्बरको बस पुलबाट अन्दाजी २ मिटर तल खोल्सामा खसेर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।
घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भैइरहेको प्रहरीले जनाएको छ ।