सल्यान महोत्सवस्थलमा आगलागी, ८० स्टलका सम्पूर्ण सामान जले

माघ २७, २०८१ |सरिता चलाउने
सल्यान महोत्सवस्थलमा आगलागी, ८० स्टलका सम्पूर्ण सामान जले

सल्यान । शारदा नगरपालिका श्रीनगरमा आयोजित सल्यान महोत्सवमा आगलागी भएको छ ।

८ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवस्थलमा आगलागी हुँदा लाखौं मूल्य बराबरका सामान जलेर नस्ट भएको छ । १८ गतेदेखि जारी महोत्सवमा हिजो ८औं दिन राति आगलागी भएको हो । 

आगलागी बाट ८० वटा स्टलसहित सरसामान जलेर पूर्णरुपमा नस्ट भएको आयोजकले जनाएको छ । १ सर ३५ स्टल रहेकोमा ८० वटा स्टल सखाप भएको जनाइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीको पहलमा आगो नियन्त्रणमा आएको छ । आगलागी कसरी भयो र क्षति कति भयो भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement