दाउन्ने खण्डमा पहाड काट्नेक्रममा निस्किएको पानीले सडक चिप्लो हुँदा सवारी आवतजावतमा समस्या

माघ २५, २०८१ |नवीन पौडेल
दाउन्ने खण्डमा पहाड काट्नेक्रममा निस्किएको पानीले सडक चिप्लो हुँदा सवारी आवतजावतमा समस्या

परासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा गाडीहरू चिप्लिदा सवारी आवतजावतमा समस्या भएको छ ।

बुटवल-नारायणगढ सडक खण्ड बिस्तारकोक्रममा दाउन्ने खण्डमा कल्भर्ट र पहाड काट्नेक्रममा निस्किएको पानीले गर्दा सडक चिप्लो हुँदा सडक अबरुद्ध भएको हो ।

ठूला र मालबहाक सवारी उकालो र ओरालो सडकमा चिप्लिदा सवारी आवागमन प्रभावित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख जनक बन्जराले जानकारी दिनुभयो ।

ठूला र मालबहाक सवारी उकालो उक्लन नसक्दा यात्रु बहाक सवारी र साना सवारी पनि जाममा पर्नुपरेको छ । दाउन्ने खण्डको दुम्किवास देखि दाउन्ने मन्दिरसम्म करिब ७ किलोमिटर दुरी पार गर्न २ घन्टा भन्दा बढी जाममा पर्नु परेको यात्रु भगवती सुबेदीले गुनासो गर्नुभयो । सडक सुचारु बनाउन कल्भर्ट बनाउनेस्थलको डाइभर्सनमा ह्युम्पाएप राख्नेकाम भइरहेको छ । 


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement