सिन्धुलीमा यात्रुवाहक विद्युतीय सवारी दुर्घटना, चालकको मृत्यु, ५ जना घाइते

माघ २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिन्धुलीमा यात्रुवाहक विद्युतीय सवारी दुर्घटना, चालकको मृत्यु, ५ जना घाइते

सिन्धुली । सिन्धुलीमा यात्रुवाहक विद्युतीय सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका-५ खनियाँ खर्क नजिक शुक्रबार बिहान भएको यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा परि चालकको मृत्यु भएको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

झापाबाट काठमाडौं जाँदै गरेको वा १-०३० च ९६४२ नं को इभी दुर्घटनामा चालक २६ वर्षीय सुशान्त नेपालीको उपचारकाक्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । सडकबाट अन्दाजी चारसय मिटर तल खसेकाले उद्धारमा समेत कठिनाइ भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । घाइते पाँचजनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.