काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच अहिले भेटवार्ता चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र यादवबीच अध्यादेशका विषयमा छलफल गर्न वार्ता चलिरहेको हो ।
यसअघि अध्यक्ष यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो । सत्तापक्षले राष्ट्रिय सभाबाट सहजरूपमा अध्यादेश पारित गर्न जसपा नेपाललाई मनाउने प्रयास गरिरहेको छ ।