कोशीका पूर्वमुख्यमन्त्री थापालाई गाडी सुविधा दिने निर्णय कार्यान्वयन नगर्न आदेश

माघ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोशीका पूर्वमुख्यमन्त्री थापालाई गाडी सुविधा दिने निर्णय कार्यान्वयन नगर्न आदेश

मोरङ । नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापालाई सवारी साधन सुविधा दिने कोशी प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले सोमबार अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश राजेन्द्र अधिकारी र केशवप्रसाद वाँस्तोलाको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । 

कोशी मन्त्रिपरिषद्ले असोज १३ गते थापालाई एउटा हलुका सवारी, चालक र मासिक १२५ लिटर इन्धन सुविधा दिने निर्णय गरेको थियो । त्यसका विरुद्ध अधिवक्ता कर्णबहादुर राई र प्रेमकुमार घिमिरेले उच्च अदालत विराटनगरमा गत पुस २१ गते उच्च अदालत विराटनगरमा रिट दायर गर्नु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement